बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी किन सुन्दरीजल पुगे ?

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी किन सुन्दरीजल पुगे ?

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीमध्ये एक जना समातिएका छन् । बुढानीलकण्ठ नगरपालिका–९ गोल्फुटार बस्ने बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ का २६ वर्षीय अनिस सुन्दास प्रहरीको फन्दामा परेका हुन् ।

उच्च अदालत ललितपुरको २०७७ चैत ८ गतेको फैसलाले ७ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भएका उनी फरार भएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई काठमाडौंको सुन्दरीजलमा रहेको सुराकीको आधारमा त्यहिँबाट पक्राउ गरेको हो ।

अनिसले आफ्नो खातामा पर्याप्त मौज्दात नुहँदा नहुँदै पनि पीडितहरूलाई झुक्याउँदै लक्ष्मी बैंकको चेक भिडाएर बैंकिङ कसूरजन्य अपराध गरेका थिए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

टिप्पणीहरू