१५ सय कोरोना संक्रमित थपिँदा १९ को निधन

१५ सय कोरोना संक्रमित थपिँदा १९ को निधन

आज मुलुकभर झण्डै १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण १९ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय ६६ जनामा पीसीआर तथा ४ हजार १ सय ७७ जनामा एन्टिजेन गरी १४ हजार ४ सय ४३ जनामा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसबीचमा १ हजार ५ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । अझै मुलुकभर २६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू