अरु अन्तै गए पनि सुदूरपश्चिममा समस्या नरहेको एमालेको दाबी Jana Aastha News Online
Logo
११ आश्विन २०७८, सोमबार
|  Mon Sep 27 2021

अरु अन्तै गए पनि सुदूरपश्चिममा समस्या नरहेको एमालेको दाबी

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार २०:००


पार्टी विभाजनपछि विवाद र चर्चामा आएको नेकपा एमाले सुुदूरपश्चिममा कुनै समस्या नरहेको बताउन थालिएको छ । एमाले सुदूरपश्चिम कमिटी र प्रदेशका ९ वटै जिल्ला कमिटीमा २०७५ जेठ २ अघिको अवस्था कायम रहेकाले कुनै समस्या नभएको उनीहरुको दाबी छ ।

‘मिडियामा आएजस्तो कुनै समस्या छैन,’ एमाले सुदूरपश्चिम कमिटीका अध्यक्ष कर्ण थापाले जनआस्थासँगको कुराकानीमा भन्नुभयो, ‘समायोजन र सहजिकरण कार्यदल सक्रिय रहेको र जिम्मेवार नेताहरुले काम गरिरहनुभएकाले विवाद रहेको भनेर हल्ला गर्नुको कुनै तुक छैन ।’

नेकपा एमालेको मूल प्रवाहमा रहेका, एकता प्रक्रियाबाट आएका र १० बुँदेसँगै मूल प्रवाहमा रहेकाहरुको भावनाअनुसार काम भइरहेको उहाँको दाबी छ । अहिले झन् एमाले सुदूरपश्चिम पूरै एक ढिक्का भएको थापाले उल्लेख गर्नुभयो । कुनै पनि कमिटीमा कुनै पनि किसिमको समस्या नरहेको र सोहीअनुरुप बुझिदिन थापाले सबैलाई आग्रह गर्नुभएको छ ।

नेकपा एमाले सुदूरपश्चिममा यसअघि उपाध्यक्ष भीम रावल र इञ्चार्ज लेखराज भट्टबीच विवाद रहेका विभिन्न समाचार बाहिरिएको थियो । सुदूरपश्चिम इञ्चार्जको विषयमा रहेको भनिएको विवाद एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरेपछि समाधान भएको उहाँले उल्लेख गर्नुभयो ।

पार्टी एकता र जेठ २ को स्पिरिटअनुसार एमाले अगाडि बढ्ने र अर्को निणर्य नभएसम्म सुदूरपश्चिमको इञ्चार्ज भट्ट नै रहेको थापाले प्रष्ट पार्नुभएको छ । पार्टी उपाध्यक्ष रावलले संयोजन गर्ने सांसदसमेत रहनुभएका थापाले जनआस्थासँगको कुराकानीमा बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !
लोकप्रिय