सोमप्रसाद र शारदालाई एमाले छाड्ने छुट

सोमप्रसाद र शारदालाई एमाले छाड्ने छुट

निर्वाचन आयोगले बेलैमा सनाखत नगरि दिँदा पार्टी रोज्ने अधिकारबाट बन्चित सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई सर्वाेच्च अदालतले राहत दिएको छ ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले उनीहरुलाई नेकपा एस रोज्न पाउने गरी भर्खरै अन्तरिम आदेश दिएको हो ।

एमाले सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एस रोज्न पाऊँ भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । उनीहरु नेकपा समाजवादीमा सनाखत गर्न जाँदा निर्वाचन आयोगले म्याद कट्यो भनेको र यसले गर्दा बिचल्लीमा परेको भन्दै नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गराउन सर्वोच्च पुगेका थिए ।

सांसदद्वय पाण्डे भट्टको माग अनुसारै अदालतले अन्तरिम आदेश दिएको हो ।

 

टिप्पणीहरू