चोरेर अमेरिका पुर्याइएको उमामहेश्वरको मूर्ति नेपाल आउने भयो

चोरेर अमेरिका पुर्याइएको उमामहेश्वरको मूर्ति नेपाल आउने भयो

६२ वर्षअघि सन् १९६० को मध्यतिर हराएको पाटनस्थित उमामहेश्वरको मूर्ति डेनभर कला संग्रहालयले अमेरिकाको वासिङटनस्थित नेपाली दूतावासलाई बुझाएको छ ।

पाटनको कुम्भेश्वर मन्दिर गाःहिटीको उमामहेश्वरको मूर्ति अमेरिकाको कोलोराडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएपछि लामो अनुसन्धान प्रक्रिया टुंग्याएर नेपाली दूतावासलाई बुझाइएको हो ।

सन् १९८५ देखि डेनभर म्युजियममा रहेको उमामहेश्वरको मूर्तिबारे विगतमा केही सूचना र समाचार सार्वजनिक भए पनि सम्पदा घर फर्काउन सरकारी तहबाट खासै पहल हुन सकेको थिएन ।

तर पछिल्ला केहि वर्ष यता भने परराष्ट्र मन्त्रालय,संस्कृति मन्त्रालय, पुरातत्व विभाग र सम्पदा संरक्षणकर्मीहरुले हराएका र चोरिएका सम्पदा विदेशस्थित संग्रहालयबाट घर फर्काउन विशेष जोड दिन थालेका हुन् ।

टिप्पणीहरू