सवारी दुर्घटनामा ४ जनाले ज्यान गुमाए

सवारी दुर्घटनामा ४ जनाले ज्यान गुमाए

नवलपरासी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नवलपरासी (पूर्व) को गैडाकोट नगरपालिका १० स्मृति पुलस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०२ ००१ ख ११२३ नम्बरको बस र ना.६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनापछि बस झण्डै १० फिट तल खस्दा आज बिहान तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाइतेलाई उपचारको निम्ति भरतपुर लगिएको छ ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका ८ को सडकमा सुदूरपश्चिम प्रदेश ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल हिजो राति सडकमा पल्टिँदा मोटरसाइकल चालक बेलौरी नगरपालिका १० का २६ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू