मापसे जाँच गर्दा कार चालकले ब्रेथलाइलाइजर फुटाए

मापसे जाँच गर्दा कार चालकले ब्रेथलाइलाइजर फुटाए

भक्तपुरमा प्रहरीले मादक पदार्थ सेवन जाँच गर्न खोज्दा प्रहरीलाई अभद्र व्यवहार गर्ने र ब्रेथलाइजर फुटाइदिने एक जना कार चालक पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका ५, सल्लाघारीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौंको पेप्सीकोला बस्ने ४२ वर्षीय सोमनाथ अधिकारीलाई हिजो राति प्रहरीले पक्राउ गरेको हो ।

जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.९ च २७६३ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग कटुञ्जे र ट्राफिक प्रहरी समेतको संयुक्त प्रहरी टोलीले मादक पदार्थ सेवन जाँच गर्न खोज्दा विवाद गरी अधिकारीले ब्रेथलाईजर फुटाएका हुन् ।

त्यसपछि उनले प्रहरीलाई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू