बसमा पहिरो खस्दा एक जना ठहरै

बसमा पहिरो खस्दा एक जना ठहरै

बैतडीमा गुडिरहेको बसमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

पाटन नगरपालिका ८, झ्याउलेखस्थित सडकमा महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा माथिबाट खसेको पहिरो र ढुङगा लाग्दा बसमा सवार बझाङ थलारा गाउँपालिका ५ बस्ने १८ वर्षीय अर्जुन नेपालीको आज बिहान घटनास्थलमै मृत्यु भएको हो ।

ढुङगा लागेर अन्य तीन जना समेत घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी उपचारको निम्ति डडेलधुरा अस्पतालमा पठाइएको छ ।

सेफ्टी ट्याङ्की सफा गर्दा चिप्लिएका अस्पतालमा बिते

नवलपरासी (पूर्व) मा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका ६, टोलटोले बस्ने २२ वर्षीय सन्त सुनारको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा लडेर मृत्यु भएको हो ।

स्थानीय सागर गुरुङको घरको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा चिप्लिएर लड्दा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

टिप्पणीहरू