कस्तो होला संसारको सबैभन्दा गहिरो पौडी पोखरी ?

कस्तो होला संसारको सबैभन्दा गहिरो पौडी पोखरी ?

संसारको सबैभन्दा अग्लो गगनचुम्बी भवन र संसारको सबैभन्दा ठूलो ब्यापारिक कम्प्लेक्स रहेको दुबईले भर्खरै अर्को नयाँ रेकर्ड तोडेको छ । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा नयाँ आकर्षणको रुपमा संसारको सबैभन्दा गहिरो पौडी पोखरी बनेको छ ।

उक्त पोखरीभित्र एउटा शहर नै बसाइएको छ । ६० मेरटर गहिराईको उक्त पोखरीले ४५ मीटर गहिराईको पोल्याण्डको डिपस्पटलाई १५ मीटरले उछिनेको छ ।

पोखरीमा १ करोड ४० लाख लिटरभन्दा बढी पानी अटाउने क्षमता रहेको बताइएको छ । जसको मुन्तिर सडक,अपार्टमेण्ट, ग्यारेज र आर्केडहरू देखिन्छन् ।

विभिन्न सुविधा रहेको यो पोखरीमा ५६ वटा क्यामेरा जडान गरिएको छ । पानीमुनिको आवाज र मुडअनुसारको प्रकाश प्रणाली समेत राखिएको छ ।

दुबईको उक्त पोखरीलाई गत जुन २७ तारिखका दिन गिनिज बुक अफ वर्ल्ड रेकर्डसले ‘सबैभन्दा गहिरो पौडी पोखरी’ को संज्ञा दिएको छ ।

पौडी पोखरीमा पातलो स्वीमसुट लगाउन मिल्ने गरी पानीको तापमानलाई सँधै ३० डिग्री सेल्सियसमा राख्ने गरिएको छ ।

टिप्पणीहरू