२ लाख ५० हजार तिरेर नेपालमा शरणार्थी

म्यानमारको दक्षिणी भेगमा अल्पसंख्यक मुस्लिम नागरिकलाई सरकारले पेल्न थालेपछि केही वर्षदेखि त्यहाँका मुसलमान छिमेकी बंगलादेश हुँदै अन्यत्र जान थालेका छन् । बंगलादेश र भारत हुँदै म्यानमारका केही रोहिङ्ग्या मुसलमान शरणार्थीको रुपमा राजधानी काठमाडौंमा पनि बसेका छन् ।

भिन्न धार्मिक समुदाय र समाज हुँदा पनि रोहिङ्ग्याले काठमाडौंलाई सुरक्षित ठानेपछि उनीहरुको यता आकर्षण बढेको बताइन्छ । अहिले त्यहि मौका छोपेर म्यानमारकै एक जना शरणार्थीले कुस्त रुपैयाँ बुझेर केहीलाई भटाभट काठमाडौं ओसार्न थालेको प्रमाण भेटिएको छ ।

नुराआमिन नामक काठमाडौंमा बस्दै आएका रोहिङ्ग्याले साढे दुई लाख रुपैयाँ बुझेर भारतको रक्सौल नाका हुँदै ६ जनाको एउटा परिवारलाई हिजो काठमाडौंको कपन ल्याएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू