दशैं–तिहारमा “होण्डाको साथ ७” स्किम

दशैं–तिहारमा “होण्डाको साथ ७” स्किम

नेपालकालागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” ग्राहकवर्गहरु माझ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई रु. १ लाख प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयाच कुपनमार्फत हातखाली नजाने गरी रु. १ लाखसम्म नगद उपहार प्राप्त गर्न सक्नेछ । यसका साथै यस योजनाअन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछ । त्यसैगरी होण्डा बिग बाइकको खरिदमा रु. ४०,००० सम्मको क्यास ब्याक पाउन सक्नेछ । यतिमात्र नभई यस योजनामा तपाईंहरुले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ % ब्याजदरमा समेत होण्डा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

बम्परमा सहभागी १ जना भाग्यसाली ग्राहकहरुले रु. १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका स्याकार ट्रेडिङ्ग कम्पनी प्रदान गरेको छ । यो योजना सीमित अवधिका लागिमात्र लागू हुने भएकाले आज नै होण्डाको ग्राहक भई यस योजनाको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ ।

टिप्पणीहरू