धितोपत्र बोर्डमा अर्को उजुरी,हाइड्रोको सेयरमा इन्साइडर ट्रेडिङको खुलासा

धितोपत्र बोर्डमा अर्को उजुरी,हाइड्रोको सेयरमा इन्साइडर ट्रेडिङको खुलासा

नेपालको पुँजी बजारमा एकपछि अर्को चलखेलका घटना सार्वजनिक हुन थालेका छन् । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको लापरबाही,बेवास्ता र मिलेमतोमा पुँजी बजारमा खुल्लमखुल्ला इन्साइडर ट्रेडिङ र कर्नरिङ भएको सप्रमाण उजुरी परेको छ ।

आज दिउँसो बोर्डमा दर्ता भएको उक्त उजुरीअनुसार अरुण भ्याली हाइड्रोपावर,रिडी हाइड्रोपावर,रैराङ हाइड्रोपावर र अपर मोदी हाइड्रो पावर कम्पनीको सूचना चुहावट गरेर आफ्नो समूहमा किनबेच हुने गरेको पाइएको छ ।

दोस्रो बजारमा कारोबार हुँदै आएका ती पब्लिक लिमिटेड कम्पनीहरुले जारी गर्ने सूचना हप्तौंअघि नै सम्बन्धित खेलाडीहरुसमक्ष पुर्याइएको दाबी छ ।उजुरीकर्ताले त्यस्ता सूचना बोर्डको व्यवस्थापन तहमा रहेका कर्मचारीले आफ्ना मानिसलाई उपलब्ध गराएर साना लगानीकर्तालाई फसाउने कार्य भइरहँदा पनि बोर्डले आँखा चिम्लेको गम्भीर आरोप लगाएका छन् । दैनिकजसो हुने यस्ता इन्साइडर ट्रेडिङलाई अपराधको रुपमा कारबाही गर्न निवेदकले माग गरेका छन् ।

उनले चुहिएको सूचनाको उदाहरण दिँदै भनेका छन्, ‘अरुणको ५० प्रतिशत हकप्रदको तुरुन्त घोषणा हुँदै ।’ रिडीको लाखौं कित्ता होल्डिङ बिक्री गरेर प्रति आम्दानी १ सयभन्दा माथि आउने भनिएको छ ।

त्यसैगरी, रैराङको १ सयभन्दा माथि इपीएस आउन हल्ला फिँजाइएको र एक कित्ता बराबर अर्को एक कित्ता स्वाप रेसियोमा मर्जरको घोषणा हुने समेत भनिएको छ । अपरमोदीको सम्बन्धमा ५० प्रतिशत हकप्रदको घोषणा हुने समाचार बाहिर फैलाइएको छ ।

टिप्पणीहरू