शुरु भयो क्रिकेट, नेपाल टस हारेर फिल्डिङ्मा

शुरु भयो क्रिकेट, नेपाल टस हारेर फिल्डिङ्मा

नेपालले आइसीसी एक दिवसीय विश्वकप लिग २ को त्रिकोणत्मक सिरिजमा अमेरिका विरुद्ध फिल्डिङ्ग गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी मैदानमा टस हारेर नेपालले फिल्डिङ गर्ने भएको हो ।

अमेरिकी कप्तानले टस जितेर व्याटिङ्ग रोजेका छन् । नेपालले पपुवा न्युगिनीविरुद्ध खेलेको पछिल्लो खेलबाट टोलीमा कुनै पनि परिवर्तन गरेको छैन ।

आजको खेलमा नेपाली टीमको कप्तानमा ज्ञानेन्द्र मल्ल र अमेरिकाको तर्फबाट शौरभ नेत्रवालकार कप्तान रहेका छन् ।

टिप्पणीहरू