सांसदद्वारा १ हजार जना महिलामाथि यौन दुव्र्यवहार

सांसदद्वारा १ हजार जना महिलामाथि यौन दुव्र्यवहार

प्रायः अपराधको समाचार कम सार्वजनिक हुने चिसो मुलुक मंगोलियाका एक जना सांसदमाथि यौन हिंसा र दुव्र्यवहारको आरोप लागेको छ ।

उनले एक दुई जनालाई होइन हजार जना महिलालाई अनेक खालको दुव्र्यवहार गरेको सबै महिलाले एक स्वरमा बताएका छन् । यौन दुव्र्यवहारको आरोप लागेपछि सांसद टीएस आनान्दबाजारम जेठदेखि निलम्बित भएका छन् । संसदमा उनीविरुद्ध झण्डै एक हजार जना महिलाले उजुर हालेपछि उनको कर्तुत बाहिरिएको हो ।

त्यहाँको पिपुल्स पार्टीले पनि उनलाई निलम्बन गरेको छ । झण्डै चार महिनादेखि सांसदमाथि लागेको गम्भीर आरोपको छानबिन भइरहेको छ ।

मंगोलियाकै निकै धनीमध्येका उनी सोद मंगोल नामको इन्धन आयात समूह र उर्गो सिनेमा चेन कम्पनीका मालिक हुन् । केही महिलाले नाम र पहिचानसहित धनी विधायकले आफूहरूलाई पटक पटक बलात्कार र यौन दुव्र्यवहार गरेको बताएपछि सरकार र संसद निकै अप्ठेरोमा परेका हुन् ।

एक जना बी सुन्देर्या नामक महिलाले आफूलगायत झण्डै १ हजार महिलालाई सांसदले पीडित बनाएको बताएकी छन् । त्यत्रो संख्यामा महिलालाई बलात्कार र यौन दुव्र्यवहार गरेको खबर बाहिरिएपछि अहिले मंगोलियामा आनन्दबाजारमको पेट्रोल स्टेशन र सिनेमा घरमा मानिस जान छाडेका छन् ।

एकातिर कोरोना महामारी र अर्कोतिर गम्भीर आरोपपछि सांसदको व्यवसाय चौपट भएको बताइन्छ ।

टिप्पणीहरू