पार्टी एकता भन्छन् यस्तोलाई ?

पार्टी एकता भन्छन् यस्तोलाई ?

एमाले विभाजन र नेकपा एकीकृत समाजवादीको गठनपश्चात् एमालेतिर अडिनु भएका पूर्वमाधवकुमार नेपाल खेमाका १० भाइले भ्याएसम्म आफूनिकट जनप्रतिनिधिलाई समाजवादीतिर सनाखत नगर्न भरमग्दुर प्रयास गर्नुभयो । त्यसबीच पार्टीभित्रको सहमति भन्दै १० बुँदेको सबैभन्दा धेरै प्रचार पनि उहाँहरुबाटै भएको थियो ।

हिजोको दिनमा नेता नेपालका सारथीको रुपमा उभिनुभएका एक दर्जन नेतामध्ये अधिकांशले नेपालले हतार गरेर एमाले नछाडेको भए आगामी महाधिवेशनमा फरक ढंगको नतिजा निकाल्न सकिने निश्कर्ष निकाल्नुभएको बताइन्छ ।

तर यसप्रति अर्को पक्षको तीखो प्रतिक्रिया छ । उहाँहरुको धारणा छ, ‘राजनीतिक निर्णयमा कहिल्यै पनि यदि भन्ने शब्द नै हुँदैन । त्यो भनेको पूर्वाग्रहमा आधारित प्रतिक्रिया हो । नगएको भए,नगरेको भए भन्ने विश्लेषणमा राजनीतिक मूल्य हुँदैन ।’

‘त्यस्तो पनि हुन्छ ? पार्टीभित्रको गुट समायोजन हुनसक्छ । पार्टीभित्रको नेतृत्व परिवर्तन हुनसक्छ । पार्टी एक भएपछि मात्र दल बन्छ । त्यसैले त्यस्तोमा एकता भन्ने हुँदैन ।’

त्यसैगरी एउटै पार्टीको बीचमा भनिँदै आएको एकताप्रति पनि नेकपा एकीकृत समाजवादीका विश्लेषकहरुले ‘अचम्म’ मान्नुभएको छ । कुनै पनि पार्टीभित्र गुट वा समूहसँग हुने सहमतिलाई समायोजन भन्न सकिन्छ तर एकता मान्न मिल्दैन ।

उहाँहरुको तर्क छ,‘त्यस्तो पनि हुन्छ ? पार्टीभित्रको गुट समायोजन हुनसक्छ । पार्टीभित्रको नेतृत्व परिवर्तन हुनसक्छ । पार्टी एक भएपछि मात्र दल बन्छ । त्यसैले त्यस्तोमा एकता भन्ने हुँदैन ।’

पार्टी एकताको अडान राखिरहनेलाई विश्लेषकहरुले कि उहाँहरु मूर्ख हुनुहुन्छ कि अरुलाई मूर्ख बनाउने प्रयत्न गर्दै हुनुहुन्छ भनेर टिप्पणी गर्नुभएको हो । उहाँहरु अगाडि भन्नुहुन्छ, ‘१० बुँदे सहमति निकालेर खोइ त कार्यान्वयन भएको ? आखिर यसबीचमा भयो के ? अनि गरियो के ?’

यसबीच नेता सुरेन्द्र पाण्डेले केपी ओलीकै सामु पोखराबाट माधव नेपाल एमालेमा फर्किए क्षमादान दिइने भनी व्यक्त गर्नुभएको धारणाको पनि आलोचना भएको छ ।

हिजोसम्म पार्टीको वरिष्ठ नेतालाई आज क्षमादान दिने पाण्डेको विचारप्रति एकीकृत समाजवादीका एक जना नेताले भन्नुभयो, ‘पाण्डेको क्षमादान चाहिएन । उहाँले नै राख्नुभए हुन्छ ।’

त्यसो हो भने हामीले पनि केपी ओली यता आए क्षमादान दिन्छौं भन्न मिल्ने कि नमिल्ने ?

टिप्पणीहरू