नेकपा एस बाग्मती प्रदेश संसदीय मोर्चाले पूर्णता: पायाे

नेकपा एस बाग्मती प्रदेश संसदीय मोर्चाले पूर्णता: पायाे

नवगठित नेकपा (एकीकृत समाजवादी) को बाग्मती प्रदेश संसदीय मोर्चाले पूर्णता: पाएको छ । दलको नेता,उपनेता,प्रमुख सचेतक र सचेतक चयन गर्दै नेकपा एसले बाग्मतीमा संसदीय मोर्चालाई सशक्त बनाएको छ ।

दलका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले उपनेतामा कृष्ण खनाल,प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईलाई सर्वसम्मतिले चयन गरेको हो ।

बैठकले वर्तमान एमाले नेतृत्वको सरकार अल्पमतमा परेकाले गठवन्धनको सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको छ । नयाँ सरकार बनाउन माओवादी केन्द्र र कांग्रेससँग समन्वय र छलफल गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिइएको छ ।त्यसैगरी, ३ दलीय गठबन्धन सरकारको तर्फबाट गर्ने साझा न्यूनतम कार्यक्रम मस्यौदा गर्न माधव पौडेल,बसन्त मानन्धर,मीना ज्ञवाली र बसुन्धरा हुमागाईलाई जिम्मा दिइएको छ ।

अष्टलक्ष्मी शाक्य नेतृत्वको एमाले सरकार अल्पमतमा परिसकेकाले विकास निर्माणका नयाँ कार्यक्रम स्वीकृत गर्न,निश्चित शर्तका आधारमा वितरण गर्ने गरी राखिएको अबण्डाका रकम निकासा नगर्न र आर्थिक अनुशासन कायम गर्न चेतावनी नेकपा यसले दिएको छ। साथै यसबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखेर पठाउने पनि बैठकले निर्णय गरेको छ ।

टिप्पणीहरू