केपी ओली र माधव नेपालको मुध्द्दा हेर्न नभ्याइने

केपी ओली र माधव नेपालको मुध्द्दा हेर्न नभ्याइने

माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने मागसहित एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशहरु दिपक कार्की र मीरा खड्काको ५ नम्बर इजलासमा आज पेशी चढेको मुद्धा हेर्न नभ्याइनेमा परेको हो ।

एमाले अध्यक्ष ओलीले पार्टीले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा निर्वाचन आयोगले तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता गरेको भन्दै सर्वोच्चमा रिट हाल्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाइएको उक्त रिटमा नयाँ दल दर्ता गराउने निर्वाचन आयोगको निर्णय बदर गराउन माग गरिएको छ ।

यसअघि भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै मुद्धाका दुवै पक्षलाई छलफलमा झिकाउने आदेश गरेको थियो । निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न पर्ने कि नपर्ने भन्नेबारे बहस हुने भनिए पनि आज ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

टिप्पणीहरू