झापादेखि महाकालीसम्म ब्राउनसुगरको कारोबार

झापादेखि महाकालीसम्म ब्राउनसुगरको कारोबार

मुलुकका सबैजसो जिल्ला र शहरमा लागुपदार्थको कारोबार र सेवन बढेको छ । त्यहि क्रममा झापा र कञ्चनपुरबाट ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका ८, बस्ने २२ वर्षीय सुमन तामाङलाई १५ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका १७, बाट १२ मिलिग्राम ब्राउनसुगरसहित स्थानीय बडैपुर बस्ने ३५ वर्षीय पदम सिंह कठायत पनि प्रहरीको फन्दामा परेका हुन् ।

पोखरामा नक्कली कार्यालय खोलेका स्याङजालीले करोडौं ठगेको आशंका

विभिन्न कम्पनीमा जागिर लगाइदिने नाममा नक्कली संस्था नै खोलेर ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ । पीजी रियल स्टेट एण्ड जब लिङ्क नामक संस्थाका सञ्चालक स्याङ्जाको फेदीखोला–४, घर भई पोखराको तालचोकमा बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

पौडेलले विभिन्न कम्पनीमा जागिर लगाई दने प्रलोभनमा प्रतिव्यक्ति कम्तिमा २५ सयको दरले रकम उठाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले ठगेका व्यक्तिको संख्या हजारौं भएकाले यसबीचमा पौडेले करोडौं रुपैयाँ ठगेको देखिन आएको हो ।

पौडेललाई ठगी, आपराधिक लाभ, विश्वासघात मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

हेल्मेटभित्र ५ लाख रुपैयाँ

५ लाख रुपैयाँ हेल्मेटभित्र लुकाएर ल्याउँदै गर्दा वीरगञ्ज भन्सार नजिकै एक जना पक्राउ परेका छन् । भारतको रक्सौलबाट आउँदै गरेका वीरगञ्ज महानगरपालिका २ बस्ने ४३ वर्षीय महमद आसिफ अन्सारीले ल्याएको उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले पक्रेको बताइएको छ ।

भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा हेल्मेटभित्र लुकाएर ल्याएको उक्त रकम फेला परेको हो ।

अन्सारीलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टिप्पणीहरू