शुरु भयो सभामुखको छलफल, ओली अनुपस्थित

शुरु भयो सभामुखको छलफल, ओली अनुपस्थित

सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको प्रमुख राजनीतिक दलहरुको संयुक्त छलफल शुरु भएको छ । छलफल नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको हो ।

संसद बैठक नियमित रुपमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध बनाएपछि त्यसैमा केन्द्रित भएर बैठक बोलाइएको बुझिएको छ । सभामुखले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलका नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

छलफलमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल र नेमकिपाका प्रेम सुवालको उपस्थिति रहेको छ ।

तर एमाले संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने कार्यक्रममा अनुपस्थित हुनुभएको छ ।

टिप्पणीहरू