बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायीहरु उत्साही

बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायीहरु उत्साही

सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी तथा उद्योगीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । बजेट प्रतिस्थापन विधेयक साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने तथा वैदेशिक ऋण घटाउने गरी ल्याएकोमा उनीहरुले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

अटोमोबाइल्स डिलर्स एसोशिएन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले आर्थिक वर्ष २०७८/०७९ को प्रतिस्थापन बजेट स्वागत योग्य रहेको बताउँदै उहाँले अब नेपालमा अटोमोबाइल उद्योगहरुको उदय हुने बताउनुभयो ।

उहाँले ‘अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिस्थापन बजेटमार्फत् एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३, ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएकाले’ ले यो नेपालमा एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा साबित हुने बताउनुभयो ।

यसैगरी होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले प्रतिस्थापन विधेयकले ठूला लगानीहरुमा प्रोत्साहन गर्ने किसिमको बजेट आएको बताउनुभएको छ ।

शाहले भन्नुभयो, ‘प्रतिस्थापन विधेयक ठूला लगानीहरुमा प्रोत्साहन गर्ने किसिमको छ, यसले लगानीकर्ताहरुलाई कोरोना भाइरसका कारण मर्न लागेको व्यवसाय उठ्छ कि भन्ने आशा जगाएको छ, तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विडम्वना छ ।’

उपाध्यक्ष शाहले बजेटमा राम्रा कार्यक्रम आए पनि कार्यान्वयनमा समस्या रहेकाले सरकारले त्यसको कार्यान्वयनमा ढिलाइ गर्नु नहुने बताउनुभयो ।

टिप्पणीहरू