ह्विल चियरमा बसेर के भो ? सपना राम्रो देखेपछि…

ह्विल चियरमा बसेर के भो ? सपना राम्रो देखेपछि…

सामान्यतयाः धेरै जसोले शारीरिक अपाङ्गता भएकाले अरु सग्ला मान्छेले झैँ काम गर्न सक्छन् भन्ने सोच नै राख्दैनन् । तर त्यहि सोचलाई चिर्दै छिमेकी चीनका तङ सिआनसोङ्गले आफ्नो सपना पूरा गरिरहेका छन् ।

३ वर्षको उमेरमा विशेषखालको मांसपेशी डिस्ट्रोफी रोगबाट ग्रसित उनको १० वर्षको उमेरदेखि हिँडडुल नै बन्द भएको थियो । तर, ह्विल चियरमा जीवन बिताउन पर्ने अवस्था आए पनि उनले सुखद् सपना भने देख्न कहिल्यै छाडेनन् ।

अहिले १८ वर्ष उमेरमा टेकेका उनले सेप्टेम्बर ८ अर्थात् अघिल्लो बुधबारदेखि कलेज जीवनको थालनी गरेका छन् । यसअघि उनले प्रवेश परीक्षामा ५ सय ९२ अंक ल्याएका थिए । त्यसैले अहिले साउथ वेस्ट युनिभर्सिटी अफ पोलिटिकल साइन्स एण्ड लमा अध्ययन गर्ने अवसर पाएका छन् ।

उनीसँगैका सहपाठीहरु भन्छन् ‘तङ कति मेहनती छ भन्ने कुरा हामीले कल्पना गरेभन्दा धेरै टाढा छ । उनी अध्ययनमा जस्तोसुकै मेहनत गर्न पछि पर्दैनन् । त्यसैले हामी उनीबाट ज्यादै नै प्रभावित छौं ।’

तङ पनि के कम,आफूलाई यो ठाउँसम्म पुर्याउनस मध्दत गर्ने सबैलाई सहयोग गर्न आफू इच्छुक र तयार रहेको प्रतिक्रिया दिएका छन् ।

समाचार र भिडियो स्रोतः सिन्ह्वा

 

टिप्पणीहरू