मदिरा सेवनले बढ्यो जोश,जोश बढेपछि गुम्यो होश

मदिरा सेवनले बढ्यो जोश,जोश बढेपछि गुम्यो होश

मादक पदार्थ खाएर कुटपिट गरेपछि गुल्मीमा एक जनाको हत्या भएको छ । हत्याको आरोपमा मादक पदार्थ सेवनकर्ता दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा चन्द्रकोट गाउँपालिका ७, बतासे बस्ने २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका ३ बस्ने २१ वर्षीय हिमाल रहादी रहेका छन् ।

कुटपिटबाट चन्द्रकोट गाउँपालिका ७ बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीको मृत्यु भएको छ । सामान्य विवादबीच शिवकै भतिजो पर्ने हिमबहादुर र हिमालले मादक पदार्थ सेवन गरी शिवलाई निर्घात् कुटेको अनुसन्धानबाट खुलेको छ ।

शिवलाई उपचारका लागि स्थानीय मेडिकल मजुवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू