अमेरीकालाइ हराउने तयारीमा नेपाल

अमेरीकालाइ हराउने तयारीमा नेपाल

आईसीसी विश्व कप लिग २ अन्तर्गत नेपालले आज दोस्रो त्रिकोणात्मक शृङ्खला खेल्दै छ । नेपाल आज अमेरीका विरुद्ध इतिहास दाहोर्याउने उदेस्य सहित मैदानमा उत्रिने छ भने अमेरीकाले डेढ वर्ष अँगाडीको हारको वदला लिने तयारी गर्दै छ ।आईसीसी विश्व कप लिग २ अन्तर्गत नेपालले आज दोस्रो त्रिकोणात्मक शृङ्खला खेल्न लागेको हो । डेढ वर्षपछि अमेरीका विरुद्ध मैदानमा उत्रँदा आफूलाई बलियो प्रमाणित गर्नु पर्नै चुनौतीका विच नेपाल रहेको छ ।

शृङ्खलाको सुरुवात नेपालले अमेरिका विरुद्धको खेलबाट आज गर्दै छ । ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा सोमबार साँझ ४स्१५ बाट खेल सुरू हुने छ। डे(नाइट एक दिवसीयका रूपमा रहने खेलमा नेपालले ओमानसँग १४ सेप्टेम्बर तथा तेस्रो खेल १७ सेप्टेम्बरमा अमेरिका र चौथो खेल १९ सेप्टेम्बरमा ओमानसँग खेल्दै यो शृङ्खलाको अन्त्य गर्ने छ । आजको खेलमा दुवै देशका खेलाडी हरु विजयी मुडमा मैदान उत्रिदै छन । त्रिकोणत्मक शिरीज अघिका अभ्यास खेलमा नेपालले जसरीनै अमेरीकाले पनि पपुवा न्युगिनीको टिमलाइ दुइ सुन्यले हराउदै शृङ्खला आफ्नो हातमा पारेको थियो । भारतिय र पाकिस्तानी मुलका खेलाडिको वर्चस्व रहेको अमेरीकी टिमलाइ हराउन सक्ने गरी खेल कौसल देखाउने रणनितीमा नेपाल रहेको छ ।

टिप्पणीहरू