राम्रो गर्नु अपराध हो नेपालमा ?

गत बुधबार प्रकाशित पाठक प्रतिक्रियामा चिन्तित अभिभावकको नामबाट आएको सरोकारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । आरोप प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु । आरोप गलत सावित भए तिनलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।

जसले खुला चौरभित्र टहरामा रहेको विद्यालयलाई कम्पाउण्डवाल लगायो, २ वटा पक्की भवन जिशिका र विद्यालयको लागत सहभागितामा समुदायसँग समन्वय गरी निर्माण सम्पन्न ग¥यो, धुले चौरमा ब्लक छाप्ने काम ग¥यो, पढाइको गुणस्तर सुधार गरी प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भयो, प्रत्येक वर्ष शिक्षा दिवसको उपलक्ष्यमा नेपालका २५ सामुदायिक विद्यालयभित्र पार्न सफल भयो, ३ सय विद्यार्थीलाई १५ सय पु¥याउन सफल भयो, १४ जना मात्र शिक्षक दरबन्दी रहेको भए पनि १९ जना निजी शिक्षक राखी गुणस्तरीय शिक्षा प्रदान गर्दै आयो, काठमाडांैका उत्कृष्ट ५ सामुदायिक विद्यालयको लिस्टभित्र केही वर्षदेखि लगातार नाम निकाल्न सफल भयो, ०७१ सालको प्रवेशिका परीक्षाको नतिजामा काठमाण्डु जिल्लामा दोस्रो र नेपालमा पाँचौं बनायो ।

नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यम बनायो, शिक्षकलाई १०–४ नियम लगायो, समय पालनाका लागि इ–एटेन्डेन्सको व्यवस्था मिलायो, बिहान ५ः४५ देखि बेलुकी ४ः४५ सम्म काम गरी विद्यालयको नाम उच्च राख्यो, वरिपरिका निजी विद्यालयबाट धान्नै नसक्नेगरी ओइरो लाग्न थालेपछि प्रवेश परीक्षाको चलन चलायो, कक्षाकोठा अभावले करिब थप ८ सय जना विद्यार्थीलाई भर्ना गर्न नसकेको बोध गरायो, उसैमाथि यस्तो दोष ? करिब शून्य अवस्थाबाट यो अवस्थामा ल्याउनु नै विद्यालय ध्वस्त पार्ने कुरा हो भने मेरो भन्नु केही छैन ।

– विनोद पण्डित, प्रअ, मानसिङ धर्म मावि, मनमैजु काठमाडांै ।

टिप्पणीहरू