माइतीघरमा सेयर खेलाडीहरुको धर्ना

माइतीघरमा सेयर खेलाडीहरुको धर्ना

आजको सेयर बजार बन्द भएपछि पुँजीबजार सुधार संघर्ष समितिको ब्यानर बोकेर केही लगानीकर्ता माइतीघरमा धर्ना बसे । उनीहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् ।

मौद्रिक नीतिमा लगाइएको सेयर कर्जाको सीमा हटाउनुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स तत्काल दिनुपन पुँजीगत लाभकर पुरानै ५ प्रतिशत कायम गर्नुपर्ने र ब्रोकर कमिशन पनि शुन्य दशमलब १० प्रतिशत कायम गर्न माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।

एकातिर सेयर बजारलाई जुवाघर ठान्ने र निजी क्षेत्रलाई सोहीअनुरुप व्यवहार गर्नुपर्छ केही राजनीतिक नेतृत्व छ । अर्कोतिर यसैलाइ जिविका ठान्ने लगानीकर्ताहरुले आन्दोलन गरिरहेका छन् । यस्तो अवस्थामा नेपालको पुँजी बजार अघि बढिरहेको स्पष्ट हुँदै गएको छ ।

आज लगानीकर्ताहरुले विभिन्न आठ वटा माग राखेर धर्ना बसेका हुन् । यसैबीच नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले आन्दोलित सेयर लगानीकर्ताहरुको समस्या समाधान गर्ने उद्देश्यले उनीहरुलाई वार्तामा बोलाएको बताइएको छ ।

टिप्पणीहरू