सर्पको रगत जुससरी

सर्पले काटेपछि पानीसम्म खान भ्याइँदैन भनिन्छ तर इण्डोनेसियामा जताततै त्यही सर्पको रगत जुससरह पिउने चलन छ । हुँदाहुँदा अहिले आएर सर्पको रगत पिउने पसल खुल्न थालेको छ । राजधानी जकार्तामा यस्तै पसल साँझको ५ बजेदेखि राति १ बजेसम्म खुल्छ र एकदिनमै हजारौं डलर आम्दानी गर्छ । स्थानीय र विदेशी साँझ घुम्न निस्कन्छन् र गोमन सर्पको रगत पिएर घर फर्कन्छन् । पुरुषले स्वस्थ बन्न र महिलाले छाला चम्काउन त्यस्तो रगत पिउने गरेका हुन् । इण्डोनेसियामा खटेका अमेरिकी सैनिकलाई समेत सर्पको मासु र रगत पिउने तालिम दिइएको थियो ।

टिप्पणीहरू