आज कोरोना संक्रमित एक हजारभन्दा कम, १३ जनाको मृत्यु

आज कोरोना संक्रमित एक हजारभन्दा कम, १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमणका कारण गत २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ७ हजार ८ सय ७८ जनामा पीसीआर परीक्षण तथा ३ हजार १ सय ४० जनामा एन्टिजेन परीक्षण गरिएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय २३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार ७ सय ५७ रहेको छ ।

तीमध्ये २५ हजार १ सय ७१ जना होम आइसोलेसनमा र १ हजार ५ सय ८६ जना संस्थागत आइसोलेसनमा छन् ।

टिप्पणीहरू