संसद बैठक रोकेर सर्वदलीय बैठक बोलाइयो

संसद बैठक रोकेर सर्वदलीय बैठक बोलाइयो

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले संसद अवरोध जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । भोलि दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको हो ।

सभामुख स्रोतले दिएको जानकारीअनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । एमालेले लगातार संसद अवरुद्ध गर्नुका साथै सभामुखविरुद्ध चर्को नाराबाजी र आक्रामक गतिबिधिलाई जारी राखेपछि समाधानको प्रयास भन्दै सर्वदलीय बैठक बोलाइएको बताइएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक शुरु गर्ने बित्तिकै एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए । अवरोधपछि सभामुखले मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।

टिप्पणीहरू