एमालेले निर्णय सच्याउने

एमालेले निर्णय सच्याउने

प्रदेश सम्पर्क कमिटीसहित सबै सम्पर्क कमिटी र मञ्चहरुलाई बाइपास गरेको नेकपा एमाले स्थायी समितिको हिजोको निर्णय बाहिर आएसँगै आज एमालेले उक्त गलत निर्णय सच्याउने बताएको छ ।

सम्पर्क कमिटी र मञ्चहरुको नेतृत्व गर्ने केन्द्रीय सम्पर्क कमिटीले समेत आगामी विधान महाधिवेशनमा सम्पर्क कमिटी र मञ्चहरुको सहभागिता शुन्य हुने गरि गरिएको निर्णयप्रति चासो देखाएको बताइएको छ । पार्टीका सबै तह र कमिटीलाइ सम्बोधन गरेर १४ हजार सङ्गठित सदस्य रहेको सम्पर्क मञ्चलाई विधान महाधिवेशनमा सहभागिताबाट वाइपास गर्नु दुर्भाग्यपूर्ण रहेको उसले जनाएको छ ।

उक्त कमिटीको बैठक बसिरहेको छ । बैठकमा कमिटी सदस्यहरुसहित सातै प्रदेशका अध्यक्षहरु सहभागी छन् । बैठकले सम्पर्क समन्वय कमिटीका प्रमुख छबिलाल विश्वकर्मालाई उक्त विषयमा स्थायी समितिसँग समन्वय गर्न अख्तियारी दिने निर्णय गरिएको बुझिएको छ ।

एमालेले सम्पर्कमञ्च र कमिटीहरुलाई आगामी विधान महाधिवेशनमा सहभागिताबाट वञ्चित गरेको समाचार जनआस्थामा प्रकाशित भएको थियो ।

टिप्पणीहरू