भवानीले आरजुलाई भनेपछि

आफ्ना निकटकर्मीसँग आकाश अधिकारीले भन्न थालेका छन्, ‘अब चलचित्र विकास बोर्डको अध्यक्ष बन्दै छु । भन्छन्, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले फष्र्ट लेडी आरजु राणालाई फोन सम्पर्क गरेर आकाशलाई बोर्ड अध्यक्ष बनाइदिन भनेकी छन् । अधिकारी उद्योग वाणिज्य संघका सदस्य हुन् चलचित्र उद्योगको तर्फबाट । आफू विकास बोर्डमा जाने पक्का भएको भन्दै केशव भट्टराईलाई निर्माता संघमा कार्यवाहक सम्हाल्न आग्रहसमेत गर्न भ्याएको चर्चा पनि छ ।  

जेठ २४ गतेदेखि चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली छ । त्यो कुर्सी पुनः फुत्क्याउने दौडधूपमा छन् राजकुमार राई । तर, राईलाई समेत माथ खुवाउने गरी आकाश अधिकारी सक्रिय रहेको फेला परेको छ । विकास बोर्डको अध्यक्षका लागि चर्चामा रहेको अर्काे नाम हो वसन्तप्रकाश उपाध्याय । यद्यपि, उनी गोरखापत्रको महाप्रबन्धक बनाइने चर्चा पनि कांग्रेसीले गर्न थालेका छन् ।

मुर्गा पनि सँगसँगै
देख्न बाँकी यति नै थियो, श्रीमान् निर्देशक । यही रहर पूरा गर्ने भएकी छन् पूर्वमिस नेपाल उषा खड्गीले । श्रीमान् जेपी तिमिल्सिनालाई निर्देशक बनाएर सिनेमाको पर्दामा देखिने रहर पूरा गर्न लागेकी हुन् ।     
 
‘आउँदै जाँदै’ नाम जुराइएको चलचित्रमा युवापुस्तामा हुने आकर्षण, त्यसले जोड्ने प्रेम र टाढा हुनुको पीडा देखाइने निर्माण पक्षको दाबी छ । सामीप्यराज तिमल्सेना र प्रज्ञान थापाको कथा रहने चलचित्रका लागि एक करोड लाग्ने बताइन्छ । कौशल्या फिल्म्सको ब्यानरमा  निर्माण हुन लागेको आउँदै जाँदैमा सन्तोष अधिकारी र मनोज श्रेष्ठ भँडेललाई पनि भिœयाइएको छ ।

टिप्पणीहरू