फिल्मी लाइनका नयाँ–नयाँ फण्डा

चलचित्र क्षेत्रमा राम्रो छाप जमाएका निर्माता सुनील रावललाई सिध्याउन पर्दापछाडि को–को सक्रिय होलान् ? योजनाबद्ध हमला हो वा सुनीलले बाटो बिराएकै हुन् ? यो कुरा खोतल्न वर्ष दिन अगाडिको घटना सम्झनुपर्छ । स्यारोन श्रेष्ठले सेक्सुअल ह्यारेस्मेन्टको प्रकरण जोडेर हमला थालेकी छन् । श्यारोनलाई उनै आशिष्मा नकर्मीले सुनीलसँग जोडिदिएकी थिइन् । र, उनी सुनीलको प्रोजेक्ट ‘सायद २’मा अनुबन्धित भइन् ।     

वर्ष दिनअघि आशिष्मा नकर्मी र अमित अग्रवालको सम्बन्ध चर्चामा थियो । अग्रवाल विराटनगर गएका बेला आशिष्माले त्यहाँबाट केही ‘गिफ्ट’ल्याइदिन फर्माइस गरिन् एसएमएसमार्फत । अमितले भोलिपल्ट सोल्टी होटलमा भेट्न बोलाए । आशिष्मासँग एकदमै निकट रहेका निर्माता तथा रक्सीको नाममा एफएम घन्काइरहेका (रुस्लान एफएम) प्रदीपकुमार उदयले त्यो म्यासेज हेरे । आशिष्मा र प्रदीपबीचकै सहमतिमा अन्ततः उनै मारवाडीविरुद्ध उजुरी हालियो सिंहदरबार प्रहरी चौकीमा ।

यो प्रकरण मिलाउन नारायण पुरीमार्फत अमित अग्रवाल सक्रिय रहे । प्रदीपकुमारहरूले २५ लाख रुपैयाँ दिए केस मिलाइने, नभए उजुर हाल्ने अड्डी कसे । तर, प्रदीपको यो मागप्रति अमित सहमत भएनन् । त्यही समयमा हो, सुनील रावल मिर्नाता सुरज सुब्बा नाल्बोमार्फत प्रहरी चौकी पुगेका । उनले त्यहाँ आशिष्माकै गल्ती औंल्याइदिए । त्यही रिस फेर्नु थियो प्रदीप र आशिष्मालाई ।

अन्ततः सुनीलले नयाँ चलचित्र बनाउने भए । आशिष्मामार्फत सम्पर्कमा आइपुगेकी थिइन्, स्यारोन श्रेष्ठ । यता, स्यारोनले सुनील रावलले बारम्बार सुटिङ सेटमा आफ्नो प्रेमिका बने एयरहोस्टेस बनाइदिने भनी हैरान पारेको आरोप लगाएकी छन् ।

टिप्पणीहरू