एमालेले किन रोज्यो गोदावरीको हल ?

एमालेले किन रोज्यो गोदावरीको हल ?

एमालेले विधान महाधिवेशनको मिति फेरि सारेको छ । यसअघि असोज पहिलो साताको निम्ति मिति तय गरिएको थियो । हिजो बसेको स्थायी समिति बैठकले असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यसको तयारीका लागि स्थायी समितिको बैठक पुनः असोज ३ र ४ गते बस्ने बताइएको छ । स्थायी समितिको निर्णयलगत्तै असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीको बैठकले अधिवेशनबारे सम्पूर्ण निर्णय गर्ने जनाइएको छ ।

सबै गरेर झण्डै तीन हजार प्रतिनिधि सहभागी हुने विधान महाधिवेशनको लागि एमालेले गोदावरीमा बन्दै गरेको सम्मेलन केन्द्रलाई रोजेको छ । पूर्णरुपमा तयार नभइसकेको उक्त केन्द्रको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा उद्घाटन गर्नुभएको थियोे ।

निर्माण सम्पन्न भइनसकेको, ठेकेदार कम्पनीले हस्तान्तरण गर्न अझै धेरै समय बाँकी रहेको स्थानमा आयोजना गरिने विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले ३ घण्टा सम्बोधन गर्ने योजना छ ।

टिप्पणीहरू