संखुवासभाको आमनरसंहारका अभियुक्त सार्वजनिक

संखुवासभाको आमनरसंहारका अभियुक्त सार्वजनिक

संखुवासभाको मादी–१ उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्या गर्ने १३ दिने नातावाला मादी- १ का २६ वर्षीय लोकबहादुर कार्कीलाई संखुवासभा प्रहरीले भर्खरै सार्वजनिक गरेको छ । पक्राउ परेका लोकबहादुर नातामा मृतक तेजबहादुरका भतिज पर्दछन् ।

मादी नगरपालिका १ उम्लिङ खोलागाउँको ६ फरक फरक स्थानमा सोमबार बिहान दुई नाबालकसहित एकै परिवारका ६ जनाको शव भेटिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका युवकले रिसइबीका कारण हत्या गरेको बयान दिइसकेका छन् ।

शुरुमा उनले तेजबहादुरको हत्या गरेको त्यसपछि अन्य सदस्यहरूको हत्या गरेको बयान दिएको बताइन्छ । घरभित्र, बाटोमा,बारी र खोल्सामा गरी सोमवार विभिन्न चार स्थानमा ६ वटा शव फेला परेको थियो ।

८४ वर्षीय पार्वती कार्की,उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकी कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षकी गोमा कार्कीको हत्या भएको हो ।

टिप्पणीहरू