साठी सहसचिवको एकैचोटी सरुवाको सुर

साठी सहसचिवको एकैचोटी सरुवाको सुर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज भोलिमै झण्डै ५ दर्जन सहसचिवको एकै चोटी सरुवा गर्दैछ । यसअघि झण्डै तीन साताअघि नै सहसचिव सरुवाको सूची तयार पारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको थियो ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवासँगै सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी रहेका कारण सामान्यले सरुवाको फाइल प्रधानमन्त्री कार्यालय पठाएकोमा बीचमा विभिन्न इन्ट्रेस्ट ग्रुपहरुको स्वार्थ अनुकूल नमिलेका कारण प्रम कार्यालयले फाइल फिर्ता पठाइदिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनआस्थालाई जानकारी दिएको छ ।

स्रोतका अनुसार सामान्यले ६० सहसचिव सरुवाको सूची संशोधन गरी गत शुक्रवार प्रधानमन्त्री कार्यालयमा पठाएका कारण आज वा भोलिमै एकै पटक ६० हाराहारीमा सहसचिवहरुको सरुवा हुन लागेको हो । सरुवाको सूचीअनुसार,प्रशासन सेवा,कृषि तथा वन विज्ञान र इन्जिनियरिङ सेवातर्फका गरी झण्डै ५ दर्जन सह सचिव सरुवाको हिट लिष्टमा छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतले बताएअनुसार,अर्थ मन्त्रालय मातहत रहेर काम गरिरहेका सहसचिवहरु सरुवाको माथिल्लो लिष्टमा छन् । जमसध्ये धनीराम शर्मा,झक्क आचार्य,सुमन दाहाल,दीर्घ मैनाली,यमलाल भुषाल र श्याम भण्डारीहरु सरुवा हुनेछन् ।

हाल वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख रहेका धनीराम शर्मालाई गण्डकी प्रदेशतिर पठाउने तयारी छ । यो बीचमा सामान्यले पठाएको सूचीमा हेरफेर नभएको खण्डमा हाल अर्थमा भूमिकाबिहिन बनाइएका यामलाल भुषाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेशतिर पुग्नेछन् ।

यस्तै,सुमन दाहाल,प्रदेश नम्बर एकतिरै पठाइनेको सूचीमा छन् । यस्तै झक्क आचार्य कर्णाली प्रदेशतिर पुग्नेछन् ।

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईलाई सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागतिर पठाउने गरी सरुवाको सूची तयार भएको स्रोतले जनाएको छ ।

टिप्पणीहरू