सबैले मम भने कस्तो हाइसञ्चो « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

सबैले मम भने कस्तो हाइसञ्चो

प्रकाशित मिति :  १५ श्रावण २०७४, आईतवार १७:०७


एमाले–कांग्रेसलाई उच्च जातीय अहंकारवादी भएको, रंगभेदी राजनीति गरेको आरोप लगाउँदै पार्टी फुटाएर मधेसमा राजनीति थालेकाहरू झनै जातीय र रंगीय संकिर्णतामा गुज्रिएको प्रमाण छ । ६ पार्टी मिलेर राजपा बन्यो । ८१५ जनाको केन्द्रीय कार्यसमिति सूक्ष्म ढंगले केलाउँदा फरवार्डवालाहरूले नै कब्जा जमाएको तथ्यांकले बोल्छ । जहाँ ५०४ जना फरवार्डवाला छन् । महिला, दलित, जनजाति, अल्पसंख्यकको प्रतिनिधित्व न्यून छ ।  

६ अध्यक्ष, तीन वरिष्ठ नेता, तीन सहअध्यक्ष, ८ वरिष्ठ उपाध्यक्ष, २४ उपाध्यक्ष, ३१ महासचिव, ३४ सहमहासचिव, १२ सचिव, ५ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, ६ प्रवक्ता र एक सहायक प्रवक्तासहित केन्द्रीय समितिमा ८१५ छन् । त्यहाँ कति पहाडियाले ठाउँ पाएका छन् ?
जस्तो कि अध्यक्षमण्डलका ६ जना महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरत्सिंह भण्डारी, अनिल झा, राजकिशोर यादव सबै तागाधारी । पार्टीबाट मधेसीको नाम उडाएर राष्ट्रिय जनता पार्टी त बनाइयो तर शीर्ष नेतृत्वमा पहाडिया कोही छ ? अनि महिला ? दलित, आदिवासी, जनजाति कोही अटाएका छन्, अध्यक्ष मण्डलमा ?

तीन वरिष्ठ नेतामध्ये निर्जला राउत, रामनरेश राय, बद्री मण्डल पनि कोही ब्याकवार्डवाला होइनन् । हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, रामनारायण सिंह तीन सहअध्यक्ष पनि मधेसको उपल्लो जातकै हुन् ।

८ वरिष्ठ उपाध्यक्षमा अटाएका मध्य मृगेन्द्र यादव, नवलकिशोर साह, नरसिंह चौधरी, सर्वेन्द्रनाथ शुक्ला, बृखेषचन्द्रलाल, शेखर सिंह, रानी तिवारी, मालामती रानी थारू सबै मधेसकै हुन् ।

गोविन्द चौधरी, विजय गुप्ता, विश्वनाथ सिंह राजवंशी, सरोजकुमार यादव, अलाउद्दिन अन्सारी, राजकुमार मण्डल, मुक्तिनारायण यादव, सत्यनारायण मण्डल, रमेशप्रसाद यादव, निलम वर्मा, केशव त्रिपाठीलगायत २४ उपाध्यक्षमध्ये अधिकांश फरवार्डवाला छन् । बल्लतल्ल तीन जना पहाडिया अटाएका छन्– प्रदीपशमशेर राणा, सुरेन्द्रकुमार जोशी र अजय शाही ।

३१ जना महासचिवमा ५ जना पहाडिया छन्, अर्जुनप्रसाद जोशी, पेशल ढकाल, ललितबहादुर थापा, जगदीश अधिकारी । ३४ सहमहासचिवमध्ये निभा शाह, कृष्णकुमार राई, निरञ्जन पौडेल, उर्मिलादेवी पाण्डेय, काजिमान लोप्चन, रमन पाण्डेय गरी जम्मा ६ पहाडियाले ठाउँ पाएका छन् । १२ जना सचिव अटाउँदा एक जना तेञ्जी लामा मात्रै पहाडिया । ५ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, ६ प्रवक्तामध्ये सबै मधेसी । १३६ जना पदाधिकारीमध्ये १४ जना पहाडिया । कार्यसमिति मात्र होइन तलैसम्म पहाडियाको उपस्थित औंलामा गन्न मिल्ने छ । जबकि मधेशमा झण्डै ३६ प्रतिशत गैरमधेसी छन् । मधेसी नेताले राज्यसँग डिमाण्ड खोज्ने बेला गैरमधेसीको समेत टाउको जोडी जोडी अधिकार खोज्ने तर पहाडियालाई अधिकार दिनुपर्दा तिनलाई तोड्ने ? यो कस्तो राजनीति ? अनि देशमा रंगभेदको राजनीति गर्ने को ?
८१५ को कार्यसमितिमा महन्थ ठाकुरको पार्टीबाट २०५ जना आउँदा आदिवासी जनजाति १९ भन्दा बढीले स्थान पाएका छैनन् । त्यस्तै सो पार्टीबाट दलित ६, मुस्लिम १९ जनालाई केन्द्रीय समितिमा खुम्च्याइएको छ भने महिलाको संख्या ३५ मा सीमित छ । २५० मध्ये १२६ जना फरवार्डवाला छन् ।  राजेन्द्र महतोको पार्टीको हालत पनि उही हो  १६८ छन् सो पार्टीबाट केन्द्रीय कार्यसमितिमा जहाँ १०६ जना फरवार्डवालाको पकड छ भने आदिवासी २०, दलित ५, मुस्लिम १५ र महिलालाई २२ मा खुम्च्याइएको छ ।

 महेन्द्र यादवका १३१ केन्द्रीय कार्यसमितिमा छन् । जसमध्ये ८६ जना उच्च जातका हुन् । बाँकी ७ आदिवासी, १ दलित, १७ मुस्लिम, २० महिला केन्द्रीय कार्यसमितिमा अटाएका छन् । शरत्सिंह भण्डारीको पार्टीबाट १०१ जना राजपा केन्द्रीय कार्यसमितिमा छन् । जसमध्ये ३६ जना फरवार्डवाला छन् । २० आदिवासी, ८ दलित, ८ मुस्लिम, २८ जना महिलाको प्रतिनिधित्व छ । अनिल झाको पार्टीबाट १६० केन्द्रीय समितिमा रहेमध्ये ११२ जना फरवार्डवाला छन् । १७ आदिवासी, ६ दलित, ८ मुस्लिम, महिला २८ जना छन् । त्यस्तै, राजकिशोर यादवका ५० जना कार्यसमितिमा परेका छन् । जसमध्ये ३८ जना उच्च जातका छन् । ३ आदिवासी, २ मुस्लिम, ७ महिलालाई केन्द्रीय समितिमा थन्क्याइएको छ । यो हिसाबले केलाउँदा राजपा पार्टी कुनै कोणबाट पनि समावेशी देखिँदैन । मधेशमा झण्डै ३० प्रतिशत बढी गैरमधेसीको बसोबास छ । तिनलाई बेवास्ता गरिएको छ ।

शिवजीको शंका  

प्रचण्डले विप्लव, वैद्य र बाबुरामलाई एकताको आह्वान गर्नु, उता केपी ओली बाम तालमेलको छर्रा छाडेर मानसरोवर यात्रामा निस्कनु यता बाबुराम र उपेन्द्र यादवबीचको एकता प्रक्रिया भाँडिनुजस्ता घटना–परिघटना एकैसाथ देखेपछि फोरम प्रमुख सचेतक शिवजी राय यादवले चाहिँ ‘के भइरहेछ अचम्म हाम्रो पार्टीमा ?’ भन्दै निकटस्थहरूसँग जिज्ञासा राख्ने गरेका छन् । एकातिर राजपाले एमालेसँग वार्ता गर्ने, संशोधन प्रस्ताव तुहिए पनि कुनै आपत छैन तर प्रमुख प्रतिपक्षलाई बाइपास गरेर मुलुक अगाडी बढ्दैन भन्ने अवस्था आउनुको अर्थ के हो ? विभिन्न पार्टीबीच एकताका लागि अनेकन प्रयत्न हुनु, चुनावी तालमेल र गठबन्धन निर्माण गर्ने क्रममा विजातीय सहकार्य थालिनु तर एमालेसँग तालमेलका लागि अन्य दल तयार नहुनुको कारण के हो ?

– हरि गजुरेल


प्रतिक्रिया दिनुहोस !