जाजरकोटमा परेको चट्याङमा विद्यार्थी नेतृको ज्यान गयो

जाजरकोटमा परेको चट्याङमा विद्यार्थी नेतृको ज्यान गयो

आज दिउँसो मेघ गर्जनसहित परेको चट्याङले एक जना विद्यार्थी नेताको निधन भएको छ । चट्याङले स्थानीय चौरको एउटा ठूलो रुख समेत पूरै चिरिएर छियाछिया भएको छ ।

चट्याङ लागेर नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँपालिकाका सहइञ्चार्ज नरबहादुर गिरी (क.निशान) की सुपुत्री सम्झना गिरीको निधन भएको हो ।

उनी अनेरास्ववियु (क्रान्तिकारी) को वीरेन्द्र ऐश्वर्य उच्च माध्यमिक विद्यालय इकाइ कमिटीकी अध्यक्ष समेत हुन् ।

दिउँसो घनघोर वर्षासहितको चट्याङले वीरेन्द्रनगर नगरपालिकास्थित कालुङ्चोकको खुल्ला मैदानमा रहेको रूखसमेत पूर्ण रुपमा ध्वस्त भएको छ ।

टिप्पणीहरू