२४ घण्टामा ९ सय संक्रमित थपिए, १२ जनाको निधन

२४ घण्टामा ९ सय संक्रमित थपिए, १२ जनाको निधन

गत २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।

२४ घण्टाको पछिल्लो अवधिमा ९ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ६ हजार १३७ जनामा पीसीआर तथा ३ हजार ७०३ जनामा एन्टिजेन गरी ९ हजार ८४० जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३५७ जना छन् । काठमाडौंका २३०, ललितपुरका ८५ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

आज नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको पछिल्लो विवरण अनुसार मुलुकभर २७ हजार ३ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू