दोलखाका जनप्रतिनिधि किन काठमाडौँ ओइरिए ?

दोलखाका जनप्रतिनिधि किन काठमाडौँ ओइरिए ?

एमालेबाट निर्वाचित दोलखाका जनप्रतिनिधि सर्लक्कै काठमाडौँ ओइरिएका छन् । एमाले दोलखा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सहभागी हुन स्थानीय तहका जनप्रतिनिधि काठमाडौँ आएका हुन् ।

आज तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा एमाले दोलखा-काठमाडौं संम्पर्क मञ्चले प्रशिक्षण भेला तथा शपथ ग्रहण समारोह आयोजना गरेको छ । कार्यक्रममा दोलखाका ८ वटा स्थानीय तहका प्रमुखसहितका जनप्रतिनिधि भेला भएका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रममा एमाले दोलखाका इञ्चार्ज तथा पूर्वमन्त्री पार्वत गुरुङ, एमाले बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेल,बाग्मती प्रदेशकी पूर्वमन्त्री सरस्वती बस्नेत पनि सहभागी छन् ।

सैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल,मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ,भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, गौरीशंकर गाउपालिकाका अध्यक्ष सोयमबहादुर खड्का,जिरी नगरपालिकाका मेयर टंकबहादुर जिरेल,तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, कालिन्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामी, मेलुङ गाउँपालिका वडा नं. १ का अध्यक्ष ईश्वर कोइराला कार्यक्रममा भाग लिन काठमाडौँ आएका हुन् ।

टिप्पणीहरू