भाइहरुलाई पो भ्याइनभ्याइ

सेनाको पुनर्संरचना लागू भएपछि ज्योतेन्द्र खत्री र रमेश महत दंग छन् । प्रचण्ड सरकारका रक्षामन्त्री बालकृष्ण खाँणले जाँदाजाँदै जंगी अड्डाले पठाएअनुसार नै मन्त्रिपरिषद्बाट पास गराएको प्रस्तावले धेरै सिनियर अफिसरको दरबन्दी थप भएको छ । कैयन युनिट खारेज भएको छ भने दरबन्दी मिलान गर्दा केही युनिट नयाँ बनेका छन् । यसो हुँदा कमाउने ठाउँको रुपमा चर्चित अड्डाका महासेनानीहरु बेकामे हुन पुगेका छन् । खाद्य तथा परिवहनको हालीमुहाली प्रधानसेनापतिका भाइ सहायकरथी ज्योतेन्द्र खत्री र सम्भार महासेनानीको ठाउँमा सेनाका सेकेण्डम्यान बलदेवराज महतका भाइ सहायकरथी रमेशराज हर्ताकर्ता बन्न लागेका छन् ।

उता, नेपाली सेनामा बिरलै हुने एउटा घटना दोहोरिएको छ । बहुविवाहको लामो लफडा झेलेर थन्किएका जर्नेलले एउटा महत्वपूर्ण निकायमा पोष्टिङ त पाए तर काम थाल्नै नपाई डाँडातिर धपाइनुप¥यो । एयरहोस्टेस श्रीमती हुँदाहुँदै आफूभन्दा निकै कान्छी भिœयाएपछि जेठीले उजुरी हालेकी थिइन् । वर्तमान सेनाप्रमुखले सात बाहिनीपति हुँदा छानबिन समितिको अध्यक्ष भएर थापालाई बोलाई सोधपुछ गरेका थिए । काठमाडौं फर्किंदा बाइरोडको बाटोमा भीरबाट गाडी खसे पनि रुखमा अड्किएर बच्न सफल भए ।

सेनापति बन्ने लाइनकै भए पनि यसरी लखेटिन बाध्य उनको नाम हो, प्रल्हाद थापा । शैक्षिक योग्यताको प्रमाणपत्र, बहुविवाह आदिजस्ता कारणले गर्दा समयमै बढुवासमेत पाएका थिएनन् ।  पूर्वी पृतना इटहरीमा रहेका यी दुईतारे जर्नेललाई सैनिक जासुसीसम्बन्धी जिम्मा पाएको डिजिएमआईमा ल्याइएकोमा रातारात नाम परिवर्तन गरी स्टाफ कलेज शिवपुरी पु¥याइएको छ । खाद्य तथा परिवहन (खाप) भन्ने अर्को निकाय छ सेनामा जसले खाद्यान्न, सवारी साधन, तेललगायतका सबै सामान खरिदको काम हेर्छ । यसको जिम्मा यम ढकाल नामक सोझा कर्णेललाई थियो । तर उनको हातबाट चाबी खोसेर प्रधान सेनापतिका भाइ ज्योतेन्द्र खत्रीले लिएका छन् ।

खत्री बन्दोबस्ती निर्देशक हुन् । त्यसैगरी एउटा मेजरलाई सैनिक प्रहरीको हिरासतमा राखेर कारबाही चलाइँदैछ । सेनामा ठेकेदार छन्, उत्तम सिलवाल । उनले पेप्सीकोला टाउन प्लानिङमा फ्ल्याट भाडामा लिएर आफूहरुले काम गराउनु पर्ने जर्नेलहरुलाई लगी रामरमिता गराउने गरेका छन् । स्रोतकाअनुसार, हुनेवाला सेनाप्रमुख पूर्णचन्द्र थापाका ज्वाई पूर्ण सिलवाल सेनाको खरिद–बिक्री हेर्ने सम्भार रथी विभाग प्रमुख हुन् ।

छाउनीस्थित जंगी असबाव खानामार्फत् देशैभर वितरण हुने गरी सिलवालले किनाएको बुट काम नलाग्ने भनेर गणपति निर्जल अधिकारीले फर्काइदिए । तर अब मेरो कार्यकाल जम्मा ३ महिना मात्र बाँकी छ, जसरी पनि लिइदिनुप¥यो भनेर सम्भाररथीले पेलेको पेल्यै गरेको स्रोतले बताएको छ ।

टिप्पणीहरू