हिजोको गठबन्धन बैठकमा प्रधानमन्त्री किन हुनुभयो ‘मुड अफ’ ?

हिजोको गठबन्धन बैठकमा प्रधानमन्त्री किन हुनुभयो ‘मुड अफ’ ?

हिजोसाँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ताधारी गठबन्धनको बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अन्य दिनको भन्दा निकै दबाबको मुडमा देखिनुभएको बताइएको छ ।

सत्ता गठबन्धनअघि बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले भेटेको थियो । सम्भवतः उक्त टोलीले प्रधानमन्त्रीलाई एमसीसी सम्झौता जसरी पनि पारित गर्न दबाब दिएकाले उहाँ तनाव र दबाबमा देखिनुभएको स्रोतको दाबी छ ।

बालुवाटार स्रोत भन्छ, ‘अमेरिकीहरुले अहिले सम्झौता पास नभए सहयोगको रकम उतै फर्किने संकेत गर्दै त्यसो भएमा आगामी दिनमा प्राप्त हुने अमेरिकी अन्य सहयोगमा समेत बाधा पुग्छ,’भनेर भनेकाले प्रधानमन्त्री दबाबमा पुग्नु स्वाभाविक हो ।

त्यसैले होला गठबन्धनको बैठकमा पुग्नुभएका अरु दलका नेताहरुसँग प्रधानमन्त्रीले बैठकको अन्तमा अनौपचारिक हिसाबले उभिएर बोल्दै, ‘लौ न,पास गर्नुपर्यो है,’ भन्नुभएको थियो ।

हिजोको बैठकमा बजेटजस्तै दल विभाजनसम्बन्धी अध्यादेशलाई पनि प्रतिस्थापन विधेयकको रुपमा पेश गर्नुपर्ने आवाज उठेको छ । अब प्रतिस्थापन विधेयकमा दल विभाजनको लागि पूर्ववत ४० प्रतिशतको व्यवस्था राख्न सल्लाह दिइएको बताइएको छ ।

टिप्पणीहरू