दरबारमार्ग,नागपोखरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा,पाइलैपिच्छे सुरक्षाकर्मी

दरबारमार्ग,नागपोखरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा,पाइलैपिच्छे सुरक्षाकर्मी

अमेरिकी सहयोग परियोजना एमसीसीको चर्को बिरोध भइरहेको बेला आज बिहानदेखि राजधानीको दरबारमार्ग र नागपोखरी क्षेत्रमा सुरक्षा व्यवस्थालाई सबैभन्दा कडा बनाइएको छ ।

दरबारमार्ग, जयनेपाल,नागपोखरी,हात्तिसार र नक्साल क्षेत्रमा प्रत्येक २० कदममा एक जना सुरक्षाकर्मी राखिएको छ । त्यत्तिकै मात्रामा सादा पोशाकका सुरक्षाकर्मी पनि परिचालन गरिएको बताइएको छ ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल होटल मेरियटमा बसेको छ । कतिपय भेटघाट नजिकैको होटल याक एण्ड यतिमा समेत हुने गरेकाले सो क्षेत्रमा हिँड्ने पैदलयात्रु तथा सवारी साधनमाथि कडा निगरानी गरिएको हो ।

आज शनिबार भए पनि बिहानैदेखि राजधानीका विभिन्न स्थानमा एमसीसीको बिरोधमा जुलुस र नाराबाजी हुन थालेका छन् । आज साढे १२ बजे अनामनगरको भाटभटेनी सुपरमार्केट नजिकै एमसीसी बिरोधीहरुले भेलाको आयोजना गरेका छन् ।

माइतीघर,भक्तपुर र अमेरिकी दूतावास नजिकै धेरै वटा संघ संस्थाले बिरोध कार्यक्रम राखेका छन् ।

टिप्पणीहरू