आज बिहान एमालेले के-के गर्ला ?

आज बिहान एमालेले के-के गर्ला ?

नेकपा एमाले स्थायी समितिको बैठक शुरु हुन लागेको छ । अहिले बिहान ९ बजे बोलाइएको बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल,ललितपुरमा बस्न लागेको हो ।

प्रतिनिधि सभाको बैठक नियमित अवरुध्द गराइएको र अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्ने सम्बन्धमा उपाध्यक्ष फातिमा सुमारले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग विशेष भेटवार्ता गरेको सन्दर्भमा हुन लागेको स्थायी समितिको बैठकलाई पार्टीभित्र र बाहिर विशेष चासोका साथ हेरिएको छ ।

बैठकले नेताहरुको कार्यबिभाजन र असोज पहिलो हप्ता हुने बिधान अधिवेशनको तयारी गर्ने योजना छ ।

टिप्पणीहरू