रुक्म समशेरको घरमै निधन

रुक्म समशेरको घरमै निधन

नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव रुक्म समशेर राणाको निधन भएको छ । राणाको हिजो साँझ आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो ।

पछिल्लो समय मिर्गौला रोगबाट पीडित राणाले घरमै नियमित डायलाइसिस गराउँदै आउनुभएको पारिवारिक स्रोतले बताएको छ । राणा भारतका लागि पूर्व नेपाली राजदूत पनि हुनुहुन्थ्यो ।

नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण समशेर राणाका छोरा रुक्म भारतीय बहुराष्ट्रिय कम्पनी डाबर नेपालका अध्यक्षसमेत हुनुहुन्छ । उहाँकी एक छोरी र श्रीमती हुनुहुन्छ ।

टिप्पणीहरू