हिमालका जनतालाई बास र शहरिया गरिबलाई गाँस दिइने

हिमालका जनतालाई बास र शहरिया गरिबलाई गाँस दिइने

सरकारले शहरी क्षेत्रका विपन्न नागरिकहरुलाई सित्तैमा खाना खुवाउने नीति अघि सारेको छ । आज प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकाका १० ठाउँमा विपन्नहरुका लागि सुपथ र सुलभ खाना खुवाउने सरकारी नीति सार्वजनिक गर्नुभएको हो ।

शहरी विपन्न नागरिकहरुका लागि सामाजिक संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाका कम्तिमा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिने प्रतिस्थापन विधेयकमा उल्लेख छ ।

त्यस्तै,अर्थमन्त्री शर्माले उच्च हिमाली क्षेत्रमा नमूना एकीकृत बस्ती निर्माण गर्ने योजना पनि अघि सार्नुभएको छ । बजेटमा हिमाली क्षेत्रमा छरिएर रहेका घर परिवारलाई एकीकृत बस्तीका रुपमा विकास गर्ने जनाइएको छ ।

टिप्पणीहरू