सात समुद्र कटे पनि

अपराध गरेर सात समुद्र पारी पुगे पनि, वर्षौंसम्म लुकीलुकी हिँडे पनि आखिर अपराधी एक न एक दिन फन्दामा पर्दो रहेछ । नेपाल प्रहरीले वर्षौंदेखि खोजिरहेको, रेडकर्नर नोटिस समेत जारी गरेर पछ्याएको एउटा विदेशी नागरिक समातिएको छ ।

अमेरिकामा जन्मिएका इयान बेकर हुन् उनी । ०६६ सालमा नेपालबाट भागेका उनले ग्रिसमा पक्राउ खाएका हुन् । बेकरलाई ल्याउने प्रक्रिया मिलाउन कूटनीतिक च्यानलबाट कागजपत्र आदानप्रदान भइरहेको छ । उताबाट डिपोर्ट गर्ने, यताबाट गएर जिम्मा लिने प्रक्रिया शुरु भएको छ । उनले पुलिस हेडक्वार्टरको ठ्याक्कै पछाडि एउटा ठूलो कम्पाउण्डमा जंगलजस्तो बनाएर त्यसभित्रको घरमा जता गए पनि बाघको टाउको, छाला, हड्डी, गंैडाको खागलगायतका वस्तु झुण्डाई बसेका थिए । राजीव श्रेष्ठ नामक एक व्यक्तिको घरमा उनले त्यस्तो धन्दा चलाएका हुन् ।

त्यहाँ कति धेरै यस्ता सामान थिए भने बेलुका ९ बजे छिरेको प्रहरी टोलीलाई सबै सामान ३ वटा ट्रकमा लोड गरेर फर्कंदा बिहानको ७ बजेको थियो । त्यहाँ मन्दिरका टुँडाल, सय वर्षभन्दा पुराना सामग्रीहरू राखेका उनीमाथि पुराताŒिवक महŒवका सामग्रीहरूको अवैध संकलन, वन्यजन्तुको चोरी शिकारीसम्बन्धी मुद्दा चल्नेवाला छ ।

टिप्पणीहरू