मान्छेपिच्छेका कुरा, कोखामा छुरा

डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी एकीकरण टुट्नुभन्दा धेरै अघिको रोचक वार्ता हो यो । माओवादी अध्यक्ष प्रचण्डले फोरमका उपेन्द्रलाई बालुवाटारमा बोलाएरै भनेका थिए, ‘बाबुराम भन्ने मान्छे खतरनाक छ । होशियार हुनोस् है, उनीसँग एकता नगर्नुस् ।’

चियाको कप आउनेबित्तिकै बाबुरामको खोइरो खन्न थालेका उनले चिया नसकिउञ्जेल यही दोहो¥याइरहे, ‘मैले त बाबुरामलाई कति झेलें झेलें ।’ दिक्क लागेर उपेन्द्रले भने, ‘प्रधानमन्त्रीज्यू यो कुरा मैले बुझें । अनि त्यो संविधान संशोधनको कुराचाहिँ कहाँ पुग्यो नि !’ तर त्यसको जवाफमा प्रचण्डले आफैंलाई खाडलमा हाल्ने गरी बोलीको टुंगा नभएका व्यक्तिको रुपमा प्रमाणित गर्दै भनेछन्, ‘यसबारे बाबुरामजीसँग घनिभूत छलफल चलिरहेको छ ।

उहाँसँग पनि समन्वय र सहकार्यको वातावरण मिलाउनु होला । चाँडै निश्कर्षमा पुगेर यो कुरा टुंग्याउनुपर्छ ।’ उपेन्द्रले आफूलाई प्रचण्डले यस्तो काइते कुरा सुनाएको फोरमकै एक नेताले जनआस्थालाई बताए । पछिको छुट्टै भेटमा बाबुरामलाई उपेन्द्रको प्रश्न थियो, ‘हैन हो बाबुरामजी, तपाईंले यस्तो दोग्ला कुरा गर्ने प्रचण्डसँग यतिलामो सहकार्य कसरी गर्नुभयो हँ ?’

टिप्पणीहरू