सामान्य अवरोधका बीच माथि दल विभाजनसम्बन्धी अध्यादेश पेश

सामान्य अवरोधका बीच माथि दल विभाजनसम्बन्धी अध्यादेश पेश

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको हल्का अवरोधका बीच राष्ट्रियसभा बैठकमा राजनीतिक दल बिभाजनलाई सहज बनाउनेसम्बन्धी अध्यादेश पेश गरिएको छ ।

सरकारले हालै ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश – २०७८ गृहमन्त्री बालकृष्ण खाँडले पेश गर्नुभएको हो ।बुधबारदेखि शुरु भएको दुवै सदनका बैठक एमालेले अवरुद्ध गर्दै आएको छ । आज बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उठेर नाराबाजी गरेका थिए ।

एमाले सांसदहरुको अवरोधकाबीच गृहमन्त्री खाँणले अध्यादेश पेश गर्नुभएको हो । अध्यादेश टेबल भए पनि यसमाथिको छलफल भने बाँकी छ । अध्यादेश पास गर्ने कि खारेज गर्ने भन्नेबारे अर्को बैठकमा छलफल हुने बताइएको छ ।

राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

टिप्पणीहरू