ओली सरकारले खारेज गरेको ५ हजार भत्ता नयाँ सरकारले दिने

ओली सरकारले खारेज गरेको ५ हजार भत्ता नयाँ सरकारले दिने

सरकारले क्यान्सर,मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई औषधोपचार खर्च मासिक ५ हजार रुपैयाँ दिने भएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले यसअघि २०७४ सालमा दिने निर्णय गरेको थियो । तर निर्वाचनपछि गठित केपी ओली नेतृत्वको सरकारले खारेज गरिदिएको थियो ।

त्यसैगरी,सरकारले राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका व्यक्तिका परिवारलाई पनि मासिक ३ हजार रुपैयाँ मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेको छ ।

टिप्पणीहरू