एमाले र सरकारको द्वन्द्वमा सँसदको कुर्सी भाँचियो

एमाले र सरकारको द्वन्द्वमा सँसदको कुर्सी भाँचियो

प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्न खोज्दा सत्तापक्षीय सांसदहरु बस्दै आएको एउटा टेबल भाँचिएको छ । दोश्रो बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी एमालेले बेलमै पुगेर नाराबाजी जारी राखेको थियो । नाराबाजीको बीच पनि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जर्नादन शर्मालाई बजेटसम्बन्धी प्रतिस्थापन बिधेयक पेश गर्न बोलाउनुभयो ।

सो समयमा मर्यादापालकहरु छेकेर बसेका थिए ।

मन्त्री अर्कै पट्टिबाट दौडिएर रोष्टममा पुग्दा एमाले सांसद र मर्यादापालकहरुबीच ठेलमठेल चल्यो । सो क्रममा सत्तापक्षको एउटा टेबल भाँचिएको छ । टेबल भाँचिएका कारण सत्तापक्षीय कांग्रेसहरु अर्काे लहरमा गएर बसेका छन् ।

यता प्रमुख प्रतिपक्षीको विरोधका बाबजुद पनि अर्थमन्त्री शर्माद्वारा प्रस्तुत आर्थिक अध्यादेश २०७८,राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ सहित तीन वटा अध्यादेश संसद् बैठकमा पेश भई बहुमतबाट स्वीकृत भएको छ।

टिप्पणीहरू