प्रतिनिधिसभाको बैठक सभामुखको विवेकसँग जोडिएको छ : शान्ता चौधरी

प्रतिनिधिसभाको बैठक सभामुखको विवेकसँग जोडिएको छ : शान्ता चौधरी

प्रतिनिधिसभाको नवौं अधिवेशनको दोस्रो बैठक पनि नेकपा एमालेले अवरुध्द गरेको छ । संसद बैठकलाई सुचारु गर्ने वा संसदलाई अनिर्णयको बन्दी बनाउने भन्ने विषय अब सभामुखको विवेकसँग जोडिएको एमालेले बताउन थालेको छ ।

लगातार संसद अवरुध्द गरिएकोवारे जनआस्थाको जिज्ञासामा एमाले सचेतक शान्ता चौधरीले भन्नुभयो,‘एमालेले उठाएको विषय मूलतः सभामुख सापकोटाको विवेकसँग जोडिएको छ ।’

उहाँले अगाडि भन्नुभयो,‘संसद सञ्चालन गर्ने वा अवरुध्द बनाउने भन्ने विषयको चाबी अब सभामुखको खल्तीमा रहेको छ । उहाँले सभामुखको पदीय हैसियत बचाउनु हुन्छ कि माओवादी कार्यकर्ताको भूमिका निभाउनु हुन्छ,हेर्नु छ ।’

एमाले सांसदहरुले आफ्नो पार्टी विभाजनमा सभामुखको हात रहेको आरोप लगाउँदै आएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत एमालेले कारबाही गरेका १४ सांसदलाई बैठकमा सहभागी गराउन नपाइने उनीहरुको माग छ ।

टिप्पणीहरू